गोकुलगंगा गाउँपालिकाका सबै वडामा क्वारेन्टाइन स्थापना गर्ने निर्णय



१७ चैत्र, रामेछाप ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि गोकुलगंगा गाउँपालिकाले गाउँपालिकाभित्रका सबै वडामा तत्काल क्वारेन्टाइन वार्डको स्थापना गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आज बसेको आकस्मिक कार्यपालिकाको बैठकले गाउँपालिकाभित्र स्थापना भएको अस्पताल सुचारु गरेर सेवा प्रदान गेर्न निर्णय गरेको छ ।

गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्नको लागि बैठकले १० लाखको उपचार कोष स्थापना गर्ने नर्णय गरेको रामेछाप न्युजलाई बताउनुभयो ।

यी हुन छ निर्णय
१. गाउँपालिकाको केन्द्रमा स्थापना भएको अस्पताल सुचारू गरि सेवा दिने ।
२. १० लाख कोष स्थापना गरि सुरू गर्ने ।
३. छ वटै वडामा तीन÷तीन वार्डको क्वारेन्टाइन स्थापना गर्ने । अस्पतालमा ११ वटा क्वारेन्टाइन बेड र ५ वटा आइसोलेसन बेड तयार गर्ने ।
४. बैदेशक रोजगारी तथा छिमेकी मूलुक भारतबाट फर्केकाहरूको दैनिक लगत तयार गर्ने ।
५. लकडाउनको बेला आपत परेका ब्यक्ति, असाय व्यक्तिहरुलाई खाद्यन्नको समस्या परेको अवस्थामा तत्काल व्यवस्था गर्ने ।
६. तत्काल आवश्यक औषधी तथा उपकरण खरिद गर्ने

प्रतिक्रिया दिनुहोस्