रामेछापभित्र सार्वजनिक र निजी सवारी साधन पूर्ण रुपमा रोक लगाउने निर्णय



१७ चैत्र, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक र निजी सवारी साधनलाई जिल्ला प्रवेशमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । प्रशासनले अनुमति प्राप्त सवारी साधन स्वास्थ्यकर्मी सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक र निजी यात्रुहबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको हो ।
यसअघि रामेछाप न्युजले ‘रातीराती रामेछापभित्र सवारी साधन प्रवेश’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो । रामेछाप जिल्लाभित्र रातीको समयमा काठमाडौबाट पास लिएर ठूला यात्रुवहाक गाडी र टाटासुमो भित्रिएपछि रामेछापवासीले उक्त कार्य रोक्नु पर्ने माग गर्दै आएका छन् ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आज एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सवारी साधन जिल्लाभित्र प्रवेश गर्न नदिने बताउनुभएको छ । प्रजिअद्धारा जारी सूचनामा भनिएको छ,‘औषधी उपचार खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैन् ।’
त्यसैगरी सूचनामा लकडाउनको अवधिमा अभाव देखाइ कालोबजारी गर्नेलाई नियन्त्रणमा लिइ कारवाही गर्नुको साथै उक्त सामाग्री जफत गरी कोराना भाइरसको नियन्त्रणको लागि उपयोग गर्ने पनि सूचनमा उल्लेख गरिएको छ ।
स्वस्थ्य, औषधी, फार्मेसी, एम्बुलेन्स, शव बहान, इन्धन दुरसञ्चार बाहेका अन्य अत्यावश्यक खाद्यन्न, दुध, तरकारी, ग्यास डिपोहरुले बिहान ५ बजेदेखि ८ बजे र बेलुकी ५ बजेदखि ७ बजेसम्म सञ्चालन गर्ने पनि जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ ।

बैक तथा वित्तिय संस्थाहरुले आशिक रुपमा काउन्टर खोली बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म सञ्चालन गर्ने निर्णय गर्दै प्रजिअ शर्माद्धारा जारी गरिएको सूचनामा भनिएको छ,‘आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रमण रोग ऐन २०२० (संशोधन सहित)को दफा ३ बमोजिम कारवाही गरिनेछ । तर अहिले पनि अनुमति लिदै सार्वजनिक सवारी साधनहरु रातीराती जिल्ला भित्र्ने क्रम भने रोकिएको छैन् ।

 

प्रतिक्रिया दिनुहोस्