ब्रेकिङः रामेछापको माझी गाउँमा गाडी दुर्घटना



१८ चैत्र, रामेछाप ।
रामेछाप जिल्लामा गाडी दुर्घटना भएको छ । आज बिहान काठमाडौंबाट दोरम्बा जादै गरेको गाडी खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा दुर्घटना भएको छ । दुर्घटनमा परी ३२ जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ । खैरनीघाटबाट राकाथुमतर्फ जाने क्रममा मध्य पहाडीबाट माथि उक्लने क्रममा बलेरो गाडी सडकबाट करिब डेस सय मिटर तल खसेको थियो ।

बा १४ च ९४९८ बलेरो गाडीमा ३३ जना यात्रु रहेका थिए । गाडीमा सवार दोरम्बा गाउँपालिका–३ टोकरपुर लेख खर्ककाे भएकाे  बताइएको छ । प्रहरी चौकी नेपालथोकका इन्चार्ज रविन्द्र खड्काले रामेछाप न्युजसँग भन्नुभयो,‘प्रहरीले चालक नियन्त्रणमा लिएको छ, थप अनुसन्धान भइरहेको छ, घाइतेको उद्दार गरेर अस्पताल लगिएको छ ।’
स्थानीय राज मैनालीले १५ जना गम्भीर घाइते रहेकालाई उपचारको लागि अस्पताल लगिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्