रामेछापमा गाडी दुर्घटनाः जब स्थानीयले पाखाभरी रुदै घाइतेहरु चिच्याउदै गरेको देखे



१८ चैत्र, रामेछाप ।
विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले लकडाउनको घोषणा गरेको छ । लकडाउनको अवधिमा सवारी साधन सञ्चालन गर्न नपाइने प्रावधान छ । तर प्रशासनको अनुमति लिएर रामेछाप जिल्लामा रातीको समयमा सवारी साधन भित्रने गरेका छन् ।
आज बिहान काठमाडौंबाट अनुमति लिएर रामेछापको दोरम्बा गाउँपालिका–टोकपुरतर्फ जादै गएको बलेरो गाडी खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा बिहान करिब साढे पाँच बजे दुर्घटना भएको छ । बा १४ च ९४९८ बलेरो गाडी राकाथुमको माझी गाउँमा दुर्घटना हुँदा ३३ जना यात्रु घाइते भएका छन् भने पाँच तीन जनाको अवस्था गम्भीर छ । बिहानै झिसमिसेमै दुर्घटना भएपछि स्थानीयले ढिलो गरी मात्र थाहा पाएका थिए । ठूलो आवाज आएपछि सिन्धुलीको नेपालथोकका स्थानीयले सोधीखोजी गरेका थिए ।

रामेछापका स्थानीय कुशेश्वर महादेव मन्दिरको दर्शन गर्न आउने क्रममा माझी गाउँस्थित सुनकोसी नदीको किनारामा यात्रुहरु चिच्याएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी लुभका असई भुपेन्द्र खड्काले स्थानीयले गाडी दुर्घटनामा परेर यात्रुहरु चिच्याउदै गरेको खबर गएपछि उद्धारमा जुटेको रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हामी घटनास्थलमा पुग्दा सबै रुदै चिच्याउदै थिए गाडी सुनकोसी नदी किनाराको नजिकै पुगेको रहेछ, त्यसपछि धमाधम उद्धारमा जुटयौ ।’ दुर्घटना भएको खबर थाहा पाएपछि स्थानीयवासीको सहयोगमा उद्धार गरेर घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाउने काम गर्यो, खडकाले रामेछाप न्युजसँग भन्नुभयो ।

स्थानीय राज मैनालीले बिहान साढे पाँच बजेदेखि ठूलो आवाज आएपछि सोधखोज गर्दा माझी गाउँमा गाडी दुर्घटना भएको थाहा पाए लगत्तै स्थानीय उद्दारमा जुटेको बताउनुभयो । खैरेनीघाटको पुलबाट मध्ये पहाडी लोकमार्गबाट राकाथुमतर्फ लाग्ने क्रममा गाडीको अगाडि पट्टीको पाख्रा नकाटिएपछि गाडी दुर्घटना भएको चालकले बताएको असइ खड्काले बताउनुभयो । गाडीमा क्षमता भन्दा बढी यात्रु रहेको थिए ।

प्रतिक्रिया दिनुहोस्