घाइतेहरुको पहिचान गरिरहेको छौः अध्यक्ष मोक्तान



१७ चैत्र, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा बलेरो गाडी दुर्घटनमा घाइते भएका दोरम्बा गाउँपालिकाका बासिन्दाको पहिचान हुन सकेको छैन् । दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले घाइतेका आफन्त प्रहरी र धुलेखेल अस्पतालसँग समन्वय गरेर घाइतेको पहिचान गर्ने काममा लागेको बताउनुभयो ।

उहाँका अनुसार घाइते हुनेहरु दोरम्बा गाउँपालिका–३ टोकरपुरका लेखखर्क वडा नम्बर २ दोरम्बाका भँडारेका स्थानीय रहेका छन् । लकडाउनको कारण काठमाडौमा जीविका धान्न गाह्रो भएपछि प्रशासनको अनुमति लिएर गाउँ आउने क्रममा गाडी दुर्घटनामा परेको छ । अध्यक्ष मोक्तानले गाडी दुर्घटनामा परेका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आवश्यक सहयोग गर्ने बताउनुभयो ।

३३ जना सवार रहेको उक्त गाडीमा ३२ जना घाइते रहेका छन् । गम्भीर घाइते ३ जनाको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको मोक्तानले जानकारी दिनुभयो । गाडी चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्