रामेछाप गाडी दुर्घटना अपडेटः एक जनाको मृत्यु



१८ चैत्र, रामेछाप ।
रामेछापमा आज भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट दोरम्बा जादै गरेको गाडी खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा दुर्घटना भएको थियो । दुर्घटनमा घाइते हुनुभएका संगीता पहरीको मृत्यु भएको छ । दुर्घटनास्थलबाट उपचारको लागि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । दोरम्बा गाउँपालिका–२ दोरम्बा निवासी २४ बर्षिय संगीता पहरीको मृत्यु भएको नेकपा रामेछापका नेता टंकलाल घिसिङले रामेछाप न्युजलाई बताउनुभयो । धुलिखेल अस्पतालमा घाइतेको अवस्था बुझन पुग्नुभएका घिसिङका अनुसार घाइेतहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्