रामेछाप गाडी दुर्घटना अपडेटः दुई जनाको मृत्यु



१८ चैत्र, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा भएको बलेरो गाडी दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । एक जनाको अस्पताल ल्याउने क्रममा बाटोमै र एकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लकडाउनको कारण काठमाडौंमा बस्न कठिन भएको भन्दै दोरम्बा गाउँपालिकाका स्थानीय उक्त गाडी लिएर घर फर्किएका थिए ।
मध्य पहाडी लोकमार्गमा भएको बोलेरो पिक अप भ्यान दुर्घटनामा परी संगिता पहरी र गोपिलाल पहरीको मृत्यु भएको अस्पतालमा उपचारको व्यवस्थापनमा लाग्नु भएको नेकपाका नेता टंकलाल घिसिङले जानकारी दिनुभयो । उहाँका अनुसार २७ जना घाईते मध्ये तीन जना घर फर्किसकेका छन । बाँकीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

कोरोनाको भाइरसको कारण घाइतेका आफन्तहरु आउन सहज नभएपछि नेकपा रामेछापका नेताहरु घिसिङ, रामेछाप सम्पर्क मञ्चका अध्यक्ष्ँ इलकसिंह तामाङ, दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा सदस्य बम बहादुर मगर र गुण बहादुर योञ्जन घाइतेको उपचारको व्यवस्थापनमा लाग्नुभएको थियो ।
घाइते सबै भक्तपुर र काठमाडौंमा मजदुरी गरेर जीविका चलाउन कठिनाइ भएपछि सरकारको निर्णय अनुसार गाउँ फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्