घाइतेहरुको उपचारको बारेमा दोरम्बा गाउँपालिकाले भोली निर्णय गर्ने



१८ चैत्र, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा आज भएको बलेरो गाडी दुर्घटनामा परी घाइतेहरुको उपचार गर्ने विषयमा दोरम्बा गाउँपालिकाले भोली निर्णय गर्ने भएको छ । दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले यस बारेमा निर्णय गर्न भोली कार्यपालिकाको बैठक बोलाइएको जानकारी दिनुभयो । बलेरो गाडी दुर्घटनामा परी दुई जनाको निधन भएको छ भने दुई दर्जन भन्दा बढी घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी बलेरो गाडी दुर्घटनामा परी मृत्यु हुने संगीता पहरी र गोपिलाल पहरीको निधन भएकोप्रति श्रद्धान्जली व्यक्त गर्दै मृतका परिवारजनप्रति गहिरो दुःख व्यक्त गरेको छ । दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान र उपाध्यक्ष कृशला घिसिङद्धारा जारी गरिएको विज्ञप्तीमा उपचार गराइरहेका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्