घाइतेहरुलाई उपचार खर्च दिने दोरम्बा गाउँपालिकाको निर्णय



१९ चैत्र, रामेछाप ।
दोरम्बा गाउँपालिकाले मंगलवार खाँडादेवी गाउँपालिका–१ माझी गाउँमा बलेरो गाडी दुर्घटनमा घाइते भएकाहरुको उपचार खर्च दिने निर्णय गरेको छ । गाउँपालिकाले घाइतेलाइ उपचार खर्च दिनुको साथै मृतृकको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

आज बसेको गाउँ कार्यपालिकाको बैठकले गम्भीर घाइते भएकालाई ३० हजार, मध्यम घाइतेहरुलाई २० हजार र मृतकको परिवारलाई १५ हजार राहत उलब्ध गराउने निर्णय गरेको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले रामेछाप न्युजलाई बताउनुभयो । बलेरो गाडी दुर्घटनामा परी दोरम्बा गाउँपालिका–२ दोरम्बास्थित भँडारका संगीता पहरी र गोपिलाल पहरीको निधन भएको थियो ।

बलेरो गाडीमा सवार ३३ जना मध्ये २४ जना घाइते भएका थिए । घाइते मध्य हाल धुलिखेल अस्पतालमा ११ जनाको उपचार भइरहेको छ भने बाँकी घाइते सामान्य उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्