मैनालीद्धार सुनापती गाउँपालिकाले स्थापना गरेको कोषमा २० हजार सहयोग



१९ चैत्र, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टी सुनापती गाउँ कमिटीका सचिवालय सदस्य राज मैनालीले सुनापती गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा वीस हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथाम र नियन्त्रणको लागि गाउँपालिकाले कोष स्थापना गरेको थियो ।

सो कोषमा आर्थिक सहयोग गर्ने मैनाली पहिलो व्यक्ति हो । सहयोग प्रदान गदै मैनालीले गाउँपालिकाको आह्वानमा सबैले सकेको सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सुनापती गाउँपालिकाको कार्यालय हिलेदेवीमै पुगेर गाउँपालिकाका अध्यक्ष धावा लामालाई चेक हस्तान्तरण गर्नुभएको हो ।

सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले अपठ्यारो अवस्थामा गाउँपालिकावासीको तर्फबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘कोरोनाको सम्भावित संक्रमणको रोकथाम र नियन्त्रणको लागि गाउँपालिकाले भएको स्रोत र साधनको अधिकतम परिचालन गरेका छ, यस कार्यमा गाउँपालिकावासीको पनि साथ र सहयोगको खाँचो छ ।’

प्रतिक्रिया दिनुहोस्