सातवटै प्रदेशबाट कोरोना भाइरसको नमुना परीक्षण शुरु



२० चैत, काठमाडौँ । सरकारले उपत्यकाबाहिर कोरोना भाइरस (कोभिड–१९) नमुना परीक्षण धमाधम अगाडि बढाएको छ । सरकारले सातै प्रदेश अन्तर्गत रहेका अस्प्तालाई परीक्षणको लागि मेसिन उपलब्ध गराएपछि कोरोना भाइरसको आशंका भएका व्यक्तिहरुको परीक्षण सुरु गरिएको हो ।
धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै शुरु भएको छ । धरानमा दैनिक १२ जनाको स्वाव परीक्षण शुरु गरिएको बताउदै प्रतिष्ठानका कार्यवहाक उपकुलपति गुरु परीक्षण गरिएका सवैको रिपोर्ट नेभेटिभ आएको बताउनुभयो ।
त्यसैग्री गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले मंगलबारबाट स्वाव परीक्षण सेवा शुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म तीन वटा परीक्षण गरिएकोमा दुई जनाको संक्रमण नदेखिएको र अर्को एक जना भने रिर्पोट आउन वाँकी रहेको छ ।
प्रदेश नं. २ को जनकपुर, सुदुरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ५ को वुटवल र बागमती प्रदेशको हेडौडाबाट पनि आजबाट नमुना परीक्षण गर्ने काम हुन लागेको कोभिड १९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार यी पाँचै स्थानमा नमुना परीक्षणका लागि प्रोटेवल पिसिआर मेसिन सहित सम्पूर्ण सामाग्री पुगिसकेको छ । यसअघि नै प्रयोगशाला संचालन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनशक्ति खटाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्