नेपालमा छैटौं कोरोना संक्रमित भेटिएकाे पुष्टि



२० चैत्र,  काठमाडौं ।  नेपालमा छैटौं कोरोना भाइरस संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दोहाबाट काठमाडौं आएको जहाजमा रहेका अर्का व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको जानकारी  दिनुभयाे ।  त्यही जहाजमा चैत ४ गते आएका दुई जनामा यसअघि नै कोरोना पोजेटिभ देखिएको थियो ।

चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडान मार्फत १५८ जना नेपाल आएका थिए ।प्रवक्ता डा. देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गराउँदा पोजेटिभ भेटिएका संक्रमितको विस्तृत विवरण नआएको जानकारी दिनुभयाे ।

 

प्रतिक्रिया दिनुहोस्