जिल्ला प्रशासन कार्यालय रामेछापले अब सवारी पास जारी नगर्ने



२३ चैत्र, रामेछाप ।
अब रामेछापको एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाइने भएको छ । मन्त्रीपरिषद्को निर्णयसँगै आज जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेको सूचना अनुसार अब एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म पनि जान नपाइने भएको छ । कोरोना भाइरसको संक्रमितको नौ जना पुगेसँगै सरकारले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत आवागमनमा नियन्त्रण गर्ने निर्य भएको हुँदा यस कार्यालयबाट सवारी अनुमति पास जारी नहुने व्यहोरा सबैमामा जानकारी गराइन्छ । रामेछापमा आठ वटा स्थानीय तह रहेको छ ।

प्रतिक्रिया दिनुहोस्