विदेशबाट आएका व्यक्तिको खोजी गर्न कार्यकर्ता परिचालन गरेका छौः सांसद पौडेल



२४ चैत्र, रामेछाप ।
बागमती प्रदेशसभा सदस्य एव नेकपा रामेछापका सचिव शान्ति प्रसाद पौडेलले विदेशबाट जिल्लाभित्र आएका व्यक्तिहरुको पहिचान गर्न कार्यकर्ता परिचालन गरेको बताउनुभएको छ । उहाँले विदेशबाट आएका व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न लगाउनको लागि कार्यकर्ता परिचालन गरिएको बताउनुभएको हो ।

उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘जिल्लाको दुई नगर कमिटी र छ वटै गाउँ कमिटीलाई लुकिछिपी बसेकाहरुको व्यक्तिलाई सम्मानको साथ क्वारेन्टाइनमा राख्ने गरी काम गर्न निर्देशन दिएका छौं ।’ उहाँले जिल्लाभित्र रहेको झण्डै नौ हजार सक्रिय कार्यकर्तालाई कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि परिचालन गरिएको बताउनुभयो ।

विदेशबाट आएका व्यक्तिहरुले इमान्दारितापूर्वक क्वारेन्टानमा सहयोग गर्नुपर्छ’,सांसद पौडेलले भन्नुभयो,‘जिल्लाभित्र हुल बाधेर हिडने बेला होइन, संयम हुँदै लकडाउनलाई पालना गर्न हरेक व्यक्ति स्वयम अनुशासित बन्नुको विकल्प छैन् ।’

प्रतिक्रिया दिनुहोस्