लकडाउन अपरिहार्य कदम हाे सबैले पालना गराैंः प्रधानमन्त्री ओली



२५ चैत्र, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकहरुको जीवन बचाउन लकडाउन अपरिहार्य आवश्यकता भएको बताउनुभएको छ । उहाँले जोखिम अझै कायमै रहेको भन्दै सबैलाई महामारीलाई रोकथाम गर्न सहयोग गर्न आग्रह गर्नुभयो । आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले देशमा अझै जोखिम कायम रहेको भन्दै लकडाउनको अवधि बढाइएको बताउनुभयो ।

सम्बोधनको क्रममा उहाँले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा जनप्रतिनिधि तथा स्वयंसेवीहरूको काम प्रशसनिय रहेको बताउनुभयो । सम्बोधनको क्रममा हाल देशभर क्वारन्टीनमा ९ हजार १६१ जना रहे पनि देशभरि ३० हजार ५६७ लाई राख्न सकिने क्षमता रहेको बताउनुभयो । त्यसैगरी ३ हजार २०५ जना आइसोलेशन शैया भएकोमा अहिलेसम्म त्यसमा ९५ जना रहेको बताउदै कसैको एउटा लापरवाही सिंगाे समुदायलाई महंगो पर्नसक्ने भन्दै लकडाउन पालना गर्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो ।
सीमामा रोकिएका नेपालीहरूबारे सरकारले ’उचित कदम’ चालेको बताउदै उचित समयमा पुनः जाँच गरेर नेपाल भित्र्याइने बताउदै भन्नुभयो,‘आगामी दुई साता थप जोखिमपूर्ण छ, र्याापिड टेस्ट किटले परीक्षणको काम तीव्र गतिमा लैजाने सरकारको योजना छ ।’
सम्बोधनका क्रममा उहाँले क्वारन्टीन अवधि पूरा गरेका व्यक्तिको पुनः परीक्षण गरिने बताउदै यतिखेर जीवन कि वैयक्तिक स्वतन्त्रता भन्ने बहस गर्नु नै उपयुक्त नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्