रामेछापमा सञ्चालित एम्बुलेन्स चालकलाई पीपीई उपलब्ध गराउछुः कान्छाराम तामाङ
२५ चैत्र, रामेछाप ।
निर्माण व्यवसायी एवं नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य पूर्ण बहादुर तामाङले रामेछाप जिल्लाभित्रका एम्बुलेन्स चालकलाई पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) उपलब्ध गराउने बताउनुभएको छ ।
उहाँले आफूले जिल्लमा प्रदान गरेको १३ वटा एम्बुलेन्स र एक वटा सवबहान चालकलाई पीपीई उपलब्ध गराउने बताउनुभएको हो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘मेरो पहलमा केही पीपीई चालकलाई उपलब्ध गराइसकेको छु, बाँकी रहेका चालकहरुलाई पनि छिट्टै उपलब्ध गराउछु ।’
एम्बुलेन्स चालकहरुको सुरक्षालाई ध्यान दिएर पीपीई खरिद गरेर प्रदान गर्न लागिएको बताउदै तामाङले आफूले जिल्लाभित्र प्रदान गरेका एम्बुलेन्सले अस्पतालको कागज अनिवार्य रुपमा राखेर मात्र बिरामी बोकेर आवत जावत गर्न सुझाव दिएको बताउनुभयो । तामाङले कोरोना भाइरसको संक्रमित बिरामीलाई जिल्लाबाट काठमाडौं लैजान लाग्ने एम्बुलेन्स खर्च निशुल्क गर्ने यस अघि नै घोषणा गरिसक्नुभएको छ ।