रामेछापमा ज्वरोको कारण मृत्यु भएका थापामगर दमको बिरामीः थापामगर



२६ चैत्र, रामेछाप ।
उच्च ज्वरोको कारण मृत्यु भएका मन्थली नगरपालिका–११ गुलुका तुला थापामगर दमको रोगी भएको वडा कार्यालयले बताएको छ । वडा कार्यालयले २०७३ सालदलेखि दमको रोगबाट ग्रसित रोगी भएको र हाल ज्वरो आइ निमोनिया भइ हिजो साँझ तामाकोसी अस्पतालमा उपचारको क्रममा निधन भएको बताएको हो ।

वडाअध्यक्ष भिम बहादुर थापामगरले एक विज्ञप्ती जारी गर्दै हिजा साझ आफनै निवासबाट मोटर साइकलबाट तामाकोसी अस्पतालमा भर्ना भइ उपचारको क्रममा निधन भएकाले कोरोनाको आशंका नगर्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार आज मन्थली नगरपालिका–१ मा रहेको तामाकोसी सेवा समितिबाट मृतृकका आफन्तले लाश बुझी आफ्नो संस्कार अनुसार दाहासस्कार गरिरहेका छन् ।

कोरोना भाइसबाट मृत्यु भएको खबर आएकोप्रति वडा कार्यालयले ध्यानकर्षण भएको बताउदै वडा अध्यक्ष थापामगरले जिल्लावासी र वडावासीलाई भ्रममा नपर्न र नआत्तिन आग्रह गर्नुभएको छ । मृतक थापामगरको सत्यतथ्य रिपोर्टको लागि धुलिखेल अस्पतामा चेक गर्न पठाइएको हुँदा हाल उक्त रिपोर्ट नआनजेलसम्मका लागि डर त्रासमा नपर्न पनि वडावासीलाई अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्