ब्रेकिङः रामेछापमा उच्च ज्वरोको कारण मृत्यु भएका थापामगरको रिपोर्ट नेगेटिभ



२६ चैत्र, रामेछाप ।
रामेछाप जिल्लामा उच्च ज्वरोको कारण मृत्यु भएका मन्थली नगरपालिका–११ का ६७ बर्षका तुला बहादुर थापा मगरको रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलवार साँझ अस्पताल भर्ना भएका थापामगरको राती ११ः३० मा मृत्यु भएपछि कोरोनाको आशकामा स्यापल परीक्षणको लागि धुलिखेल अस्पतालमा पठाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले मृतकको रिपोर्ट नेगेटिभ आएको रामेछाप न्युजलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्