सार्वजनिक गाडी चढेर भोलि र पर्सी राजधानी बाहिर जाने पाइने



२७ चैत्र, काठमाडाैं ।  काठमाडौंबाट बाहिरी जिल्ला जानेका लागि भोलि र पर्सि सार्वजनिक गाडीमा जान खुला गरिएको छ । हिँडेरै राजधानी बाहिर जानेको लर्को लागेपछि सरकारले यस्तो व्यवस्था मिलाएको हो ।

सरकारले लकडाउनका कारण काठमाडौंमा रोकिएका मानिसलाई २८ र २९ गते उपत्यका बाहिर जान दिने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आज बसेको बैठकले सो निर्णय गरेको हो । लकडाउन लम्बिएसँगै मानिसहरु बिचल्लिमा परेपछि हिडेरै गाउँ फर्किने क्रम बढेको छ ।यस समस्यालाई मध्यनजर सरकारले सो निर्णय लिएको हो । तर गाउँबाट काठमाडाै उपत्यकाभित्र भने अाउन नपाइने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्