स्थानीय तहसँग समन्वय गरेर मात्र गाउँ फर्कन पाइने



२७ चैत्र, काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय गरेको छ । तर सम्भावित जोखिमबाट जोगाउने मापदण्ड सहित यातायात सञ्चालन गर्न दिने भएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेसँगै मापदण्ड पनि तय गरिएको छ ।
११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेका छन् । लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार लामो दुरीको रुटमा सुरक्षाकर्मीले स्कटिङ गरेर लैजानेछ भने छोटो दुरीको हकमा कसरी लैजाने भने गृह मन्त्रालयले योजना बनाउँदैछ ।

सरकारले लकडाउनको समयमा उपत्यकाबाट बाहिर जाने यात्रुहरुका लागि निश्चित मापदण्डसहित जान दिने गृहकार्य गरेको छ । लकडाउनको समय बढेसँगै उपत्यकामा रहेका बिद्यार्थी र दैनिक ज्यालादार मजदुरको अवस्था निकै कमजोर बनेको निश्कर्षसहित सरकारले घर जान चाँहनेहरुका लागि स्थानीय तहसँग समन्वय गरी जान दिने निर्णयतर्फ समिति पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्