रामेछापमा अब बिहान तीन घण्टा मात्र खाद्यन्न पसल खोल्न पाइने (सूचनासहित)



२७ चैत्र, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्र खाद्ययान्न दुध तरकारी र ग्यास डिपो बिहान तीन घण्टा मात्र खोल्न दिने निर्णय गरेको छ । यसअघि दिउसो खाद्यन्न पसल खोल्न दिने निर्णय गरेको प्रशासनले जनताको चाहना अनुसार पुनः निर्णय परिवर्तन गर्दै बिहान मात्र पसल खोल्न पाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयद्धारा जारी विज्ञप्तीमा बिहान ६ बजेदेखि ९ बजेसम्म तीन घन्टा मात्र खाद्यन्न पसल खुल्ने भएको छ । जिप्रकाद्धारा जारी गरिएको विज्ञप्तीमा सामान किन्दा एक मिटरको दुरी अनिवार्य रुपमा कायम गर्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्