लकडाउनमा रहदा के खाने, कसरी स्वाथ्य रहने ? घरमै बनाउनुहाेस यी खानेकुरा



आरबि बुढाथोकी, सुसेफ सोल्टी क्राउन प्लाजा होटेल

कोरोना भाइरसको कारण विश्व अहिले एक विषम परिस्थितीमा गुज्रेको छ । नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन् । तर सम्भावित कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको कारण नेपाल अझै सुरक्षित रहेको छ । सरकारले यो विषम परिस्थिती गुजार्नु हाम्रो बाँध्यता मात्र होइन राष्ट्रको लागि योगदान पनि हो । लकडाउनको समयमा घरमै बसी कसरी व्यतित गर्ने त ? यो सुबर्ण अबसरलाई सदुपयोग गर्ने ज्ञान नहुँदा धेरै नेपालीहरु अन्योलमा गुज्रीरहेका छन । यस्तो विषम परिस्थितिमा कसरी संयम हुने र आफ्नो परिवारलाई कसरी संयम राख्ने भन्ने कुरा महत्वपूर्ण कुरा हुन आउछ ।
यदी हामीले अहिलेको समयमा संयम भएर कठिन परिस्तिीसँग जुधन सकेको खण्डमा नेपाल विश्वसामु एउटा दरिलो उदाहरण दिनेमा कुनै दुई मत नै छैन् । घरमा बस्दा लगडाउनको समयमा तपाईंले जानेका र बुझेका विभिन्न खाने कुरा र परिकार बनाएर पनि आफ्नो परिवारलाई समय विताउन सकिन्छ ।
आफ्नो परिवार र आफ्ना बच्चाहरुलाई मन पर्ने खानेकुरा बनाएर पस्कनुस या बिभिन्न फिल्म त तथा डकुमेन्ट्री देखाएर पनि परिवारमा खुसी छाउन सक्छ । सबै बजार बन्द भएको यो अवस्थामा आफूले भनेको ठाउँमा घुमाउन या खुवाउन नसके पनि आफ्नो घर र वरिपरी उपलब्ब समान जुटाएर परिवारलाई खुशी राख्न सकिन्छ ।
तपाईंले पाउनु भएको यो समयलाई एक अबसरको रुपमा साबित गर्न सक्नु भयो भने एक सुनौलो बिहानी आउनेमा सबै आशाबादी हुन्छन । तसर्थ सबैले घरमा बस्दा बिभिन्न रचनात्मक काम गरेर व्यतित गर्नु नै आजको प्रमुख आवश्यकता हो । आफुलाई कुनै खाना बनाउने ज्ञान छैन भने युटुबमा हेरेर पनि खाना तयार गर्न सकिन्छ । तसर्थ तपाईंलाई मात्र कुन खाना बनाउने हो खानाको नाम थाहा हुनु पर्यो ।

जस्तो कि तपाईंले परिवारका लागि कुनै चटपटा खाना बनाउन पर्यो भने भेल पुरी, चाट तथा बिभिन्न इन्डियन चटपटा खानाको रेसेपी खोज्न सक्नु हुन्छ । तपाईंलाई कुनै भेज या नन भेज पकोडा बनाउन मन लागेमा सर्च गर्न सक्नु हुन्छ । कुनै करी, ग्रेभी या बिर्यानी बनाउन मन लागेमा पनि गुगलमा सहज तरिकाबाट पाउन सक्नु हुन्छ । विश्व परीक्षण र बैज्ञानिकहरुका अनुसार यो समयमा भिटामिन युक्त खानेकुरा खानु उपयुक्त मानिन्छ । जस्तो कि विभिन्न सिट्रस युक्त खानेकुरा कागती, निबुवा,सुन्तला खानु राम्रो मानिएको छ ।

सकेसम्म मच्छा मासु कमै खादा राम्रो मानिन्छ । अल्कोहल नखान झन राम्रो । अल्कोहलले मनिसमा युमिनिटी शक्ती कम गराउने हुँदा कोरोनासँग लड्ने शक्ती कम हुने विज्ञहरुको तथ्य छ । पानी प्रशस्त मात्रामा पिउने र सकेसम्म झोलिलो मोलिलो खाना खानु उत्तम मानिन्छ । कोरनाबाट जोगाउन बुद्धाबृद्ध तथा बालबच्चालाई जोगाउन झन सचेत रहनु जरुरी छ । यो बर्गका समुहलाई बिशेष ध्यान दिएर सेल्फ डिस्टाइन्समा राख्नु र माक्स लगाइ भिडभाडमा नजानु उत्तम मानिएको छ । दिनमा ५ या ६ पटक साबुन पानीले हात धुनु जरुरी छ ।
के–के बनाउन सकिन्छ त घर मै बसेर ?
भेज पकोडा, पनिर पकोडा, भेज बिर्यानी, ननभेज बिर्यानी, पस्ता, आलु परोठा, पुलाउ, भेल्पुरी,पप्डी चाट, समोसा चाट,आलु चाट, डोसा, साम्बार, इडली,म.म, चाउनिन, ड्रम स्टिक, फ्रेन्च प्राइज, तावा पिज्जा,बर्गर, सन्डिविच, काट्टी रोल, सेल, पुलौरा, हट डग,चाम्रे,सेकुवा,तास,खसीको पकुवा,छोइला,बारा,चटामरी,खिर,गुलाब जामुन,रबडी,कुराउनी,रसबरी,सेबाइ खिर,पन्थुवा,फिर्नी,जेरी,खजुरी,पत्रे,कुकिज,केक,ठोकुवा आदी या देश अनुसार कुनै पनि खानाको बारेमा अध्ययन र रेसेपी लिन सक्नु हुन्छ । यी सबै खानाका रेसिपी तपाईंहरुले घरमै बसेर सहज रुपमा युटुब या गुगलमा सर्च गरेर खोज्न सक्नु हुन्छ । तपाईंले होटल या रेस्टुरेन्टको जस्तो बनाउन नसकेता पनि परिवारको खुशीको लागी ८० प्रतिशत सही र स्वस्थ तरिकाबाट तयार गर्न सक्नु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्