रामेछापमा विदेशबाट आएका ६२ जना क्वारेन्टाइनमा



२८ चैत्र, रामेछाप ।
रामेछाप जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या घटेको छ । बुधवार ८० जना क्वारेटाइनमा बसेकाेमा आज ६२ जनामा झरेको जिल्ला स्वस्थ्य कार्यालय रामेछापले बताएको छ । रामेछापकाे अाठ वटै स्थानीय तहले विदेशबाट आएका व्यक्तिहरुलाई रामेछापका स्थानीय तहले क्वारेन्टाइनमा राख्ने गरेका छन् । विभिन्न देशबाट आएका ६२ जना व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुनापती गाउँपालिकामा १५ जना, खाँडादेवी गाउँपालिकामा ६ जना, मन्थली नगरपालिकामा ७ जना, रामेछाप नगरपालिकामा २६ जना, गोकुलगंगा गाउँपालिकामा ३ जना, लिखुतामाकोशी गाउँपालिकामा ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्