लकडाउन तत्काल हटदैनः प्रधानमन्त्री ओली



२९ चैत्र, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड( १९) महामारीको रोकथाम र नियन्त्रणको लागि लागू गरिएको लकडाउन तत्काल नहटने बताउनुभएको छ ।
सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा कुरा गर्दै प्रधानमन्त्रीले लकडाउन छिट्टै अन्त्य नहुने बताउनुभएको हो । संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको बताउदै उहाँले छिमेकी देश भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सीमामा अझ कडाइ गर्नुपर्ने भन्दै नरम बनेर लापरबाही नगर्न पनि मुख्यमन्त्रीहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्