लकडाउनको अवधिभर घरायसी ग्राहकलाई विद्युतमा २५ प्रतिशत छुटः कुलमान घिसिङ



२९ चैत्र, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लकडाउनको अवधिभर घरायसी ग्राहकहरुलाई विद्युतमा २५ प्रतिशत महशुल छुट दिने बताउनुभएको छ । उहाँले १५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकहरुलाई २५ प्रतिशत छुट दिने बताउनुभएको हो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘ भाडामा बस्नेले सहायक मिटर लिएको हुन्छ, घरायसी ग्राहकलाई २५ प्रतिशत छुट दिएपछि डेरामा बस्नेलाई पनि छुट दिनुपर्छ ।

सरकारले दिएको छुट कोठामा बस्नेले पनि पाउने बताउदै घिसिङले डेरामा बस्ने लाखौँ मानिसहरुको सुविधाको लागि १५० युनिट खपत गर्ने घरायसी ग्राहकलाई २५ प्रतिशत महशुल छुट दिने प्रावधान अगाडि सारिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्