रामेछापमा भिरबाट लडेर सुनुवारको मृत्यु



३० चैत्र, रामेछाप ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ बिजुलीकोको भुर्साको भिरबाट लडेर जान बहादुर सुनुवारको मृत्यु भएकोछ । दुरागाउँबाट सामान किन्न धोवी जाने क्रममा ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिका–४ स्थायी घर भएका ४८ बर्षिय सुनुवारको भुर्साको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत चैत २६ गते घरबाट सामान किन्न भनी धोवीबाट हिँडेका सुनुवार घर नआएपछि उनको खोजी गर्ने क्रममा सुनुवारको शव भुर्साको पाखामा भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्