सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमित भएको पुष्टि



२ वैशाक, काठमाडौं ।
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–९ मा रहेको सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना संक्रमित भएको पुष्टि भएको हो ।

अस्पताल भर्ना गरिएका तीन जना मध्ये एक जनाको रिपोर्ट आउन बाँकी छ । चैत्र ५ गते बेलायतबाट फर्किएका उनीहरुको सोमबार र्‍यापिड टेष्ट गर्ने क्रममा कोरोना पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । थ्रोट स्वाब संकलन गरिएको उनीहरु मध्ये दुई जना (छोरा र बुहारी) को रिपोर्ट आएको छ जसमा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एक आमाको रिपोर्ट आउन बाँकी रहेको छ ।कोरोना संक्रमण देखिएलगत्तै सोमबार नै प्रहरीले उनीहरुमा बस्दै आएको सनसिटी अपार्टमेन्टको ए बिल्डिङ सिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्