रामेछापमा र्‍यापिड टेष्ट तीब पारिदै सबैको रिपोर्ट नेगेटिभ



२ वैशाक, रामेछाप ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामको लागि सरकारले रामेछाप जिल्लामा पनिर्‍यापिड टेष्टलाई तीब्रता दिएको छ । हिजो मन्थली नगरपालिका र आज रामेछाप नगरपालिकामा र् टेष्ट गरिएको छ । विभिन्न देशबाट आएर होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमाथि गरिएको र्यापिट टेष्टको सबै रिपोर्ट नेगेटिभ भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको आठ वटै स्थानीय क्वारेन्टाइनमा बस्ने र उनीहरुको परिवारका सदस्यहरुको र्यापिड टेष्ट गरिनेछ । क्वारेन्टाइन १४ देखि २१ दिन बसेका व्यक्तिहरूमा परीक्षण गर्न लागिएको बताउदै कर्णले परीक्षणका लागि ३ जना प्राविधिकहरू परिचालन गरिएको जानकारी दिनुभयो ।
रामेछापका स्थानीय तहमा विदेशबाट आएका ६६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । र्यापिट टेष्ट गर्नको लागि सरकारले ३ सय थान किट उपलब्ध गराएको छ । कर्णका अनुसार जिल्लाका विभिन्न स्थानमा सञ्चालित हेल्थ डेस्कमा हालसम्म ३ हजार ७ सय ६९ जनाको ज्वरो परीक्षण गरिएको छ ।
आज रामेछाप नगरपालिकाको वडा नम्बर ४,५र ६ मा भारत लगायत अन्य देशबाट फर्किएर क्वारेन्टाईनमा बसेका १७ जनामा गरिएको सबै परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख कर्णले जानकारी दिनुभयो । क्वारेन्टाईनमा बसेका १७ जनाको रिपोर्ट नेगेटिभ देखिएपछि उनिहरुलाई डिस्चार्ज गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्