काभ्रेका दुई युवामा देखियो कोरोना संक्रमण



काभ्रे २ वैशाक ।

काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक एक जनामा द्रुतगतिको परिक्षणमा कोरोना संक्रमणको लक्षण देखिएको छ । थप परिक्षणका लागि धुलिखेल अस्पतालमा ल्याईएको छ ।

बेथान्थोक गाउँपालिकावडानम्वर ५ का २८ बर्षिय युवालाई आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । उहाँ चैत्र ९ गते  भारतबाट नेपाल फर्किनु भएको थियो । उहाँलाई आज नै धुलिखेल अस्पतालमा थप परिक्षणका लागि ल्याईएको छ । पहिलो परिक्षणमा उहाँलाई संक्रमण देखिए पनि दोश्रो परिक्षणमा नदेखिन सक्ने अस्पतालले जानकारी दिएको छ । द्रुत परिक्षणमा भएको किटले उहाँमा संक्रमण देखाएको हो । बेथान्चोक गाउँपालिमा २२ जना चैत्र १ गते पछि फर्किएका ब्यक्तिहरु छन् ।

त्यस्तै मण्डन देउपुर नगरपालिमा वडा नम्वर ३ नयाँ गाउँका २३ बर्षिय युवामा द्रुतगतिको आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । उहाँ चैत्र ७ गते दुबईबाट फर्किनु भएको थियो । उहाँलाई २२ दिनक्वारेन्टाईनमा राखेर घर पठाईएको थियो । उहाँलाई पनि थप परिक्षणका लागि धुलिखेल अस्पताल ल्याईएको छ । उहाँको स्वाबको परिक्षणपछि दोश्रो रिपोर्ट आउनेछ । काठमाडौको अपार्टमेन्टमा रहेका एक जनालाई धुलिखेलमा गरिएको आरडिटी परिक्षणमा संक्रमण देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्