अब रामेछाप जिल्लाभित्र हिडेर पनि प्रवेश गर्न नपाइने



२ वैशाक, रामेछाप ।
लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय रामेछापले अब हिडेर जिल्ला प्रवेश गर्नेहरुलाई पनि रोक लगाउने निर्णय गरेको छ ।
विभिन्न जिल्लाबाट रामेछाप प्रवेश गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सम्बन्धित स्थानीय तहले तयार गरेको क्वारेन्टाइनमा बस्ने गरी मात्र पठाउने भएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले रामेछा प्रवेश गर्ने सीमा नाकाहरुमा थप कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिएको रामेछाप न्युजलाई बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जिल्लाभित्र प्रवेश गर्ने नाकाहरुमा थप कडाई गरी यात्रुवाहक बस तथा हिडेर आउने नागरिकहरुलाई नियन्त्रणमा लिने र जिल्लाभित्रै प्रवेश गर्ने व्यक्तिहरुलाई क्वारेन्टाइनको लागि सम्बन्धित स्थानीय तहमा पठाउछौं ।’

प्रतिक्रिया दिनुहोस्