जिल्ला प्रशासन कार्यालय रामेछापबाट अब ई–पास मात्र पाइने, यसरी लिन सकिन्छ पास



३ वैशाक, रामेछाप ।
लकडाउनलाई थप प्रभावकारी बनाउन आजदेखि जिल्ला प्रशासन कार्यालय रामेछापले ई–पासको व्यवस्था लागू गरेको छ । अत्यावश्यक भएका सवारी अनुमति चाहिएमा एसएम मार्फत पासको लागि आवश्यक अनुरोधकर्ताले एसएमएस र अनलाइनबाट वितरण दिनुपर्ने भएको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्धारा जारी विज्ञप्तीमा मोबाइलको म्यासेज बक्समा गई जुनसुकै कोर्ड हानी १११२ मा एसएमएस गर्न सकिने जानकारी गराउनुभएको छ । एसएमएस गरिसकेपछि इनबक्समा https:/// epass.moha.gov.np लिंग अाउनेछ । सवारी पास पाउनको लागि बिरामीको हकका अस्पतालले डिस्चार्ज गरेको कागजात, मृत्युको हकमा मुत्यु खुल्ने कागजात, तस्बीर वा अन्य प्रयोजनका लागि सम्बन्धित वडाको सिफारिस लगायतका कागजात अपलोड गरी अनलाईनमा फारम भर्नुपर्नेछ ।

अनलाइनबाट पासको लागि फारम पेश गरेका प्रमाणको आधारमा पास दिने नदिने निणर्य जिल्ला प्रशासन कार्यालयले गर्नेछ । पास पाउने नपाउने ब्यहोरा एसएमएसबाट जानकारी गराउने जिप्रका रामेछापले बताएको छ । प्रजिअ शर्मालेद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘अति आवश्यक कामको लागि मात्र सवारी साधनको पास स्वीकृत गर्ने हुँदा अनावश्यक रुपमा अनलाइन दरखास्त नगरी दिन हुन अनुरोध छ ।’

यसरी लिन सकिन्छ पास

प्रतिक्रिया दिनुहोस्