रामेछापमा ३७ जनाको र्‍यापिड टेस्ट,विदेशबाट आएकाको संख्या बढदै



४ वैशाक, रामेछाप ।
रामेछाप जिल्लाभित्र होम क्वारेन्टाइनमा बस्ने ३७ जना व्यक्तिहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको छ । स्थानीय तहमै पुगेर र्यापिड टेस्ट गर्न सुरु गरेसँगै विदेशबाट जिल्लाभित्र आएका व्यक्तिहरुको संख्या पनि थपिदै गएको छ । रामेछापका आठ वटा स्थानीय तहमा हाल ६७ जना होम क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताउनुभयो ।

उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘जिल्लाभित्र हाल ३ थान किट प्राप्त भएको छ, र्यापिड टेस्ट सुरु गरेसँगै विदेशबाट आएका थप व्यक्तिहरुको वितरण स्थानीय तहले उपलब्ध गराइरहेका छन, हामीले थप ३ सय थान किट माग गरेका छौं ।’ मन्थली नगरपालिका, रामेछाप नगरपालिका र लिखु तामाकोसी गाउँपालिभित्र विदेशबाट आएर होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको र्यापिड टेस्ट गरिएको छ ।

कर्णका अनुसार हालसम्म परीक्षण गरिएका ३७ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । आज गोकुलगंगा गाउँपालिकामा नमूना परीक्षणको काम भइहरेको बताउदै बाँकी रहेको स्थानीय तहभित्र यही वैशाक १० गतेभित्र नै र्यापिड टेस्टको काम सम्पन्न गर्ने लक्ष्यको साथ काम हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्