लकडाउन उल्घंन गर्नेलाई जेल हाल्ने सरकारको निर्णय



४ चैत्र, काठमाडौं ।
लकडाउनलाई थप प्रभावकारी बनाउने नीति अन्तर्गत सरकारले लकडाउन उल्घंन गर्नेलाई जेलसम्म पठाउने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले संक्रामक रोग ऐन २०२० बमोजिम लकडाउन उल्लंघन गर्नेलाई १ महिनासम्म जेल पठाउने निर्णय गरेको हो ।

उच्चस्तरीय समन्वय समितिका प्रवक्ता समेत रहेका प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लकडाउन उल्लंघन गरे १ महिनासम्म जेल पठाउनेगरी प्रहरी र प्रशासनलाई निर्देशन गर्ने निर्णय भएको जानकारी दिनुभयो । अनावश्यक आवागमन गर्नेलाई संक्रमण रोग ऐन २०२० को दफा लगाएर थुनासमेतको कारबाही गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । सरकारले जिल्लाका सिडिओहरूलाई सीमाबाट लुकिछिपी आउनेलाई लुकाउनेलाई समेत कारबाही गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्