आजसम्म रामेछापमा ८८ जनाको र्‍यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ



५ वैशाक, रामेछाप ।
रामेछाप जिल्लाको स्थानीय तहमा होम क्वारेन्टाइनमा रहेका ८८ जना व्यक्तिहरुको र्यापिड टेस्ट गरिएको छ । र्यापिड टेस्टमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितन्द्र कर्णले बताउनुभयो ।

जिल्लाको मन्थली नगरपालिकामा १० जना , रामेछाप नगरपालिकामा २४ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा ७ जना र गोकुलगंगा गाउँपालिकामा ४१ जनाको र्‍यापिड परिक्षण गरिएको छ । कर्णले र्यापिड टेस्टको काम तीब्र गतिमा अगाडि बढेको बताउदै सबैको रिपोर्ट नेगेटिभ आउनु सुखद भएको बताउनुभयो । बाँकी रहेका स्थानीय तहमा पनि केही दिनभित्र नै र्यापिट टेस्ट गरिने उहाँले जानकारी दिनुभयो ।उहाँका अनुसार आज मात्र जिल्लामा ३७ जनाको र्यापिड टेस्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्