सडकमा अलपत्र परेकाहरुको व्यवस्थापन प्रदेश सरकारल गर्छः मन्त्री ढुंगेल



५ वैशाक, हेटौडा ।
बागमती प्रदेश सरकारले लकडाउनको कारण सडकमा अलपत्र परेका मजदुरहरुलाई सम्बन्धित स्थानीय तहसम्म पुर्याउने निर्णय गरेको छ । लकडाउनको कारण काठमाडौैं उपत्यकाबाट हिडेका मजदुरहरुलाई सम्बन्धित स्थानीयसँग समन्वयन गरेर व्यवस्थापन गर्ने निर्णय गरेको हो । लकडाउनको अवधि लम्बिदै जादा काठमाडौंबाट पैदल हिडेरै मानिसहरु हिडन क्रम बढेपछि प्रदेश सरकारले यातायातको व्यवस्था सहित गन्तव्यमा पुर्याउने भएको छ ।
आज मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको कोरोना रोकथाम नियन्त्रण र उपचार समितिको बैठकले अलपत्र परेका मजदुरहरुलाई व्यवस्थापन गर्ने निर्णय गरेको हो । बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले लकडाउनको कारण सडकमा अलपत्र परेका व्यक्तिहरुको व्यवस्थापन गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘प्रदेशभित्र सडकमा अलपत्र अवस्थामा रहेका व्यक्तिहरुलाई गन्तव्यसम्म प्रदेश सरकारले पुर्याउछ ।’
उहाँले राहत वितरणलाई प्रभावकारी बनाउनुको साथै राहत लिने व्यक्तिहरुको नामावली पनि सार्वजनिक गर्ने निर्णय भएको बताउदै र्यापिड टेस्टको दायरालाई बढाइने बताउनुभयो । मन्त्री ढुगेलले भन्नुभयो,‘विदेशबाट आएर लुकछिपी बस्ने व्यक्तिको खोजी गरेर अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने कामलाई प्रभावकारी रुपमा सञ्चालन गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्