एक दिन १४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३० पुग्यो



५ वैशाक, काठमाडौं । कोरोनाबाट संक्रमितको संख्या शुक्रबार मात्रै १४ जना थपिएका छन् । शुक्रबार उदयपुरमा १२ जना र चितवनका २ जना गरी १४ जना थपिएको स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले जानकारी दिनुभयो । उदयपुरको एक मस्जिदमा भेटिएका १२ मध्ये अधिकांश भारतीय नागरिक रहेको बताइएको छ ।

चितवनबाट बिहीबार बेलुका ल्याइएको २ वटा स्वाबको रिपोर्ट पोजिटिभ देखिएको बताइएको छ । यसअघि भरतपुरमैं गरिएको पीसीआर परीक्षणमा पनि पोजिटिभ देखिए पनि थप पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दुवै जनालाई भरतपुर अस्पतालको आइसोलेसनमा राखेर उपचार भैरहेको छ ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वाशुदेव पाण्डेले एकैदिन १४ जनामा संक्रमण पुष्टि भएसँगै जोखिम बढेकाले थप सर्तक हुन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्