वीर अस्पतालमा वेवारिसे अवस्थामा रहेका रामेछापका कार्कीले उपचार पाएनन, सहयोगको अपिल



५ चैत्र, काठमाडौं ।
काठमाडौको बौद्धस्थित रामेटिक चोकमा बेबारिसे अवस्थामा फेला परेर उपचारका लागि वीर अस्पतालमा पुर्याइका रामेछापका एक पुरुष अलपत्र अवस्थामा परेका छन् । रामेछाप खाँडादेवी गाउँपालिका–५ पकरवास स्थानीय घर भइएका तारा बहादुर कार्कीको आफन्त जान नसक्दा अस्पताले उपचार गर्न नमानेको बताइएको छ ।
खाँडादेवीका स्थानीय किरण मोक्तानले बौद्धको रामहिटी सडकमा दुई दिनदेखि बेबारिसे र अ चेत अवस्थामा उद्धार गरी वीर अस्पताल पुर्याए पनि उपचार हुन नसकेको बताउनुभएको छ । उहाँले फेसबुक पेजमा लेख्नुभएको छ,‘रामेछाप खाँडादेवी गाउँपालिका–५ को ताराबहादुर कार्की भएको खुल्न आएकाले कृपया सहयोगको लागि अनुरोध छ ।’
कार्की रामेछापका बासिन्दा भएको पहिचान खलेपनि उहाँको आफन्त अस्प्तालमा नपुग्दा पनि अस्पताले उपचार गर्न आनाकानी गरेको बताइएको छ । बेहोस अवस्थामा रहेका कार्कीलाई सामान्य बिरामीलाई गर्ने ब्यवहार समेत अस्पतालले नगर्दा उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्न सक्ने मोक्तानले बताउनुभयो । अहिलेकार्कीलाइ इर्मजेन्सी वार्डमा बेवारीसे अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्