आइसोलेसनमा भर्ना भएका व्यक्तिको अवस्था सामान्यः डा. आचार्य



७ वैशाक, रामेछाप ।
जिल्ला अस्पताल रामेछापमा ज्वरोको कारण आइसोलेसनमा भर्ना भएका एक बिरामीको अवस्था सामान्य रहेका अस्पतालले बताएको छ । जिल्ला अस्पताल रामेछापका डा.आन्नद आचार्यले आइसोलेसनमा भर्ना भएका बिरामीको अवस्था सामान्य रहेको रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ज्वरो आउने र रुघा सामान्य छ, खोकी केही बाँकी छ, हिजोको तुलनामा राम्रो सुधार भएको छ । उहाँका अनुसार आज नै धुलिखेल पठाइएको स्वाबको रिपोर्ट आउनेछ ।

प्रतिक्रिया दिनुहोस्