जनताको कुरा सुन्दा आँखाबाट आँशु आउछः अध्यक्ष खडका



८ वैशाक, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले लकडाउनको कारण अभाव झेल्दै जनताको फोन आउदा आफ्नो आँखाबाट आँशु आउने गरेको बताउनुभएको छ । उहाँले लकडाउनको कारण चाहना हुँदाहुँदै पनि उपत्यका काठमाडौमा कठिन जीवन विताइरहनुभएका गाउँपालिकावासीलाई ल्याउन सम्भव नभएको बताउनुभएको हो ।
रामेछाप न्युजसँग कुराकानी गर्दै अध्यक्ष खड्काले भन्नुयभयो,‘जनताको दुःखको गुनासो सुन्दा मन भक्कानिएर आउछ, आँखामा आँशु आउछ, सरकारको निर्णय मान्नु नै पर्यो चाहे पनि केही गर्न सकिएको छैन् ।’
उहाँले काठमाडौं लगायत देशभर रहेका गाउँपालिकाको उद्धार गर्ने चाहना हुँदा हुँदै पनि सरकारको निर्णयको कारण ल्याउन नपाउदा आफू दुखी रहेको बताउनुभयो । ‘हजारौं जनताको जनताको फोन आएको छ ती फोनमा भएका जनताका कुरा सुन्दा आँखाबाट आँशु आउछ, खडकाले भन्नुभयो,‘चाडो भन्दा चाडो सवारी पास मिलोस भन्दै जिल्ला प्रशासनमा अनुरोध गरिरहेका छु ।’

उहाँले सवारी पास मिल्ना साथ सम्पुर्ण आफ्नो घर आउन चाहाने जनताहरुलाई फेसबुक मार्फत जानकारी गराउदै यो विपद्को बेलामा पनि जनतकै सेवामा खटिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्