फास्ट फुड एसोसिएसनद्धारा ४ सय ५० जनालाई राहत वितरण



८ वैशाक, काठमाडौं ।
लकडाउनको कारण समस्यामा परेका व्यक्तिहरुलाई फास्ट फुड एसोसिएसनले राहत वितरण गरेको छ । लकडानउ अघि घर जान नपाएर समस्यामा परेका नेपालद्वारा राहत वितरण गरिएको छ ।
फास्ट फुड एसोसियसन रेष्टुरेन्ट व्यावसायिकहरुको छता संगठन हो । फास्ट फुड एसोसिएसनले आफ्ना तीन सय सदस्य मध्ये १ सय २३ वटा रेस्टुरेन्टमा काम गर्ने कर्मचारीहरू लकडाउनको कारण घर जानबाट रोकिएर समस्या थिए । काठमाडौ उपत्यकामा अलपत्र परेका र मौज्दात रहेको खाद्यान्न पनि सकिदै गएकोले समस्यामा परेपछि एसोसियसनको नेतृत्वमा खाद्यन्न बाडिएको हो । समस्यामा परेका ४ सय ५० जना कर्मचारीहरुलाई दाल,चामल,नुन ,तेल लगायत सहयोग गरेको छ ।

राहत वितरणमा एसोसिएसनका अध्यक्ष केशरबहादुर श्रेष्ठ, उपाध्यक्ष राजु श्रेष्ठ, उपाध्यक्ष रमिला श्रेष्ठ, महासचिव होमराज श्रेष्ठ, कोषाध्यक्ष नवीन श्रेष्ठ, सदस्य टेकबहादुर श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । उपाध्यक्ष राजु श्रेष्ठले पहिलो चरणमा राहत वितरण गर्ने क्रम सम्पन्न भएको बताउदै सरकारले लकडाउनको थप बढाए बैठक बसेर दोस्रो चरणको राहत वितरण गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्