राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी



८ वैशाक, काठमाडौं ।
राष्ट्रपति विद्या भण्डारीले दुई वटा अध्यादेश जारी गर्नुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले अध्यादेश ल्याउने निर्णय गरेको थियो। संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी भएको हो।

‘आज मिति २०७७ साल बैशाख ८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा १० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरु जारी गर्नु भएको छ’, राष्ट्रपति कार्यालयका सह प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्