नेकपाभित्र भाडभैलो, राष्ट्रपतिको कारण सचिवालय बैठक प्रभावित



८ वैशाक, काठमाडौं ।
सरकारले दल विभाजन र संवैधानिक परिषद सम्बन्धि दुई अध्यादेश ल्याएपछि सत्तारुढ दल नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ । यस बारेमा सोमवार साझ बसेको आकास्मिक सचिवालय बैठकमा नेताहरुबीच छलफल हुँदाहुँदा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि बैठक नै प्रभावित भएको छ ।
बैठक बस्दाबस्दै राष्ट्रपतिले अध्यादेश जारी गरिसकेपछि बैठक बीचमै सकिएको थियो । सरकारले पार्टीसँग कुनै सल्लाह नै नगरी गम्भीर राजनीतिक महत्त्वका अध्योश ल्याएको भन्दै बैठकमा नेताहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्टिसहित प्रश्न गरेका थिए ।

बैठकमा अधिकाँश सदस्यहरुले दुई अध्यादेशबारे छलफल नभइ किन ल्याएको भनेर प्रधानमन्त्रीसँग प्रश्न गरेपनिजवाफमा ओलीले विभिन्न संबैधानिक नियुक्तिहरु गर्न अपठ्यारो परेकाले अध्यादेश ल्याउनुपरेको जवाफ दिएका थिए ।

सरकारले हतारमा अध्यादेश ल्याएर बैठक बस्दाबस्दै राष्ट्रपतिबाट जारी भएको थियो ।बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेशबारे गम्भीर र विभिन्न कोणबाट छलफल भएको प्रतिकृया दिए । राष्ट्रपतिबाट अध्यादेश जारी भएको खबर बालुवाटारमा पुगेपछि नेताहरु बैठक नै समापन नगरी उठेका थिए । बैठक लगत्तै प्रधानमन्त्री ओली शीतलनिवास पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्