लकडाउनमा अलपत्र परेकाहरुलाई रामेछाप निवासी बुढाकोथीद्धारा निशुल्क खानाको व्यवस्था



९ वैशाक, काठमाडौं ।
नेकपाका नेता एव व्यवसायी होम बहादुर बुढाथोकीले लकडाउनको कारण काठमाडौंमा अलपत्र परेका मजदुरहरुलाई निशुल्क भोजको सुरु गर्नुभएको छ । रामेछाप खाँडादेवी गाउँपालिका निवास बुढाथोकीले अलपत्र परेका मजदुरहरुलाई भोकै पर्न नदिन आजबाट काठमाडौंको महारागन्जस्थित अरिकल इमेन्टमा निशुल्क भोगको व्यवस्था गर्नुभएको हो ।

आज ३ सय ५७ जनालाई निशुल्क भोजन गराइएको बताउदै बुढाथोकीले रामेछाप न्युजसँग भन्नुभयो,‘दुःख र पीडामा परेका मजदुरहरुलाई निशुल्क भोजनको सुरुवात गरेको छु, भोकै बसेका मजदुरहरुले खाना खान पाउदा निकै खुसी हुनु भो ।’

उहाँले भोली बिहान १० देखि १२ बजेसम्म पुनः निशुल्क भोजन गराउने जानकारी गराउदौ लकडाउनको कारण समस्यामा परेकाहरुलाई भोजनको लागि आग्रह गर्नुभयो । बुढाथोकीले सहयोग गर्नुहने वडा अध्यक्ष दिपक केसी, स्वयमसेवक र किचनका सहयोगीहरुलाई धन्यवाद दिनुभयो । नारायणगोपाल चोक आसपासमा खाना खाना नपाएका व्यक्तिहरुले भोली पनि नारायणगोपाल चोकको एनसिसी बैकसँगै रहेको अरिकल इमेन्टस्मा आउन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्