लकडाउनकै बेला रामेछापमा फेरि बस दुर्घटना



१० वैशाक, रामेछाप ।
रामेछाप जिल्लामा फेरि बस दुर्घटना भएको छ । लकडाउनको अवधिमा आज रामेछापको मन्थली नगरपालिका–६स्थित कुनौरीमा यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटना हुँदा २८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । प्रहरीका अनुसार घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको तामाकोसी अस्पतालमा प्राथमिक उपचार गराए काठमाडौं पठाइएको छ ।

लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका यात्रु लिएर दोलखाको जफे जादै गरेको बा २ ख ६८१८ नम्बरको बस रामेछापको कुनौरीमा दुर्घटना भएको थियो । जिल्ला प्ररी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले मोडमा बस घुमाउने क्रममा सडकमै गाडी पल्टिएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको बताउनुभयो ।

उहाँका अनुसार गाडीमा ३९ जना यात्रु रहेका थिए । लकडाउनको अवधिमा काठमाडौमा आफ्ना नागरिकहरु समस्यामा परेको भन्दै स्थानीय तहले रातारात काठमाडौंबाट नागरिकहरु लैजान लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्