सांसद श्रेष्ठको पहलमा काठमाडौमा अलपत्र परेका रामेछापवासीको उद्धार



११ वैशाक, काठमाडौं ।
रामेछापका प्रतिनिधिसभा सांसद एवं पूर्व गृहराज्यमन्त्री श्याम कुमार श्रेष्ठलेको पहलमा लकडानको कारण काठमाडौं उपत्यकामा अलपत्र परेका रामेछापवासीहरुको उद्धार गर्नुभएको छ । लकडाउनको समय लम्बिदै जादा काठमाडौंमा ज्याला मजदुरी गरेर जीविका चलाउदै आएका रामेछापवासीहरु थप समस्यामा परेपछि सांसद श्रेष्ठले प्रशासन र प्रहरीसँग समन्वय गरेर गाडी जिल्ला जाने व्यवस्था गर्नुभएको हो ।
स्थानीय तहले अलपत्र यात्रुहरुलाई गाउँ लैजान पहल गरेका थिए । स्थानीय तहले सक्रियता देखाएपछि सांसद श्रेष्ठले गाडी जिल्ला पठाउने विषयमा सहजिकरण गर्नुभएको थियो । रामेछापका आठ वटै स्थानीय तहका  अलपत्र परेका नागरिकहरूले जिल्ला फर्किन पैदल यात्रा तय गरेपछि स्थानीय तह र प्रशासनसँग समन्वय गरेर सांसद  श्रेष्ठले अलपत्र पर्न नदिइकन गाउँ पठाउनुभएकाे हाे ।

सांसद श्रेष्ठले रामेछाप न्युजसँग भन्नुभयो,‘काठमाडौंमा समस्या पर्नुभएका रामेछापवासीलाई जिल्ला फर्काउने काम भएको छ, लकडाउनको कारण थप समस्यामा पर्न नदिन स्थानीय सरकारले खेलेको भूमिका सराहनिय छ, मैले पनि सक्दो सहयोग गरेको छु ।’

बुधवार मात्र भक्तपुर र जडिबुटीबाट हजारौ रामेछापवासीहरु आफ्नो गाउँ फर्किएका थिए । स्थानीय तहका प्रमुख, वडा अध्यक्ष र राजनीतिक दलका नेताहरुको सक्रियतामा काठमाडौमा अलपत्र परेका पाँच हजार भन्दा बढीलाई जिल्ला फर्काइएको बताइएको छ । सांसद श्रेष्ठले अलपत्र परेर जिल्ला फर्काइएका नागरिकहरुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न निर्देशन दिनुभएको छ ।

भिडियाे

प्रतिक्रिया दिनुहोस्