१५ दिन घरबाट बाहिर नहिडन दोरम्बा वडा कार्यालयको निर्देशन



११ वैशाक, रामेछाप ।
दोरम्बा गाउँपालिका–२ दोरम्बाले लकडाउनको कारण काठमाडौ उपत्यकामा अलपत्र परेका ३ सय ६६ जनालाई निशुल्क रुपमा उद्दार गरेको छ । दोरम्बा गाउँपालिकाले निशुल्क रुपमा काठमाडौमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने निर्णय अनुसार वडा कार्यालय पनि एक दिन अलपत्र परेका नागरिकहरुको उद्धार गरेको हो । काठमाडौमा अलपत्र परेका व्यक्तिहरु गाउँपालिकाले व्यवस्था गरेको निशुल्क बसमा चढेर गाउँ पुगेपछि खुसी भएका छन् ।
गाउँ प्रवेश गर्नु अघि वडा कार्यालयले अनिवार्य रुपमा स्वास्थ्य चेक जाँग गराएर मात्र घर जान दिएको छ । दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठले काठमाडौबाट उद्धार गरेर ल्याएका नागरिकरुलाई अनिवार्य रुपमा स्वास्थ्य चेक गरिएको रामेछाप न्युजलाई बताउनुभयो ।
उहाँले भन्नुभयो,‘विपदको समयमा हामीले हाम्रा नागरिकहरुलाई उद्धार गरेर गाउँ ल्याएको छौ, काठमाडौबाट ल्याइएका नागरिकरुलाई अबको १५ दिन घरबाट बाहिर नहिडन निर्देशन दिएका छौं ।’ वडाअध्यक्ष श्रेष्ठले अनिवार्य रुपमा होम क्वारेन्टाइनमा नसकेको अवस्थामा प्रचलित कानुन अनुसार तत्काल पक्राउ गरेर कारवाही प्रक्रिया अगाडि बढाइने पनि चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्