जनप्रतिनिधिलाई खाँडादेवी गाउँपालिकाका अध्यक्ष तामाङको चिठी



आदरणीय जनप्रतिनिधि साथीहरु,
आचारसंहिता एउटा यस्तो नैतिक मान्यता हो, जो व्यवहारमा प्रकट हुन्छ । विधान या कानुन होईन स्वघोषित ब्यबहारमा । आचारसंहिता कार्यान्वयन गर्न गरिएको नैतिक अठोट हो । तर संविधान र कानुन भन्दा यसको नैतिक मुल्य महँगो हुन्छ । यसको उल्लंघन भनेको जवाफदहिताको उल्लंघन हो । विश्वसनीयतको उल्लंघन हो ।

सिद्धान्त र व्यबहारबीचको एकताको उल्लंघन हो र अन्त्यमा यसो भन्न सकिन्छ– नैतिकताको नै उल्लंघन हो । यसकरण पनि आचारसंहिता स्वयंम महत्वपूर्ण बिषय बन्न जान्छ । आफूले आफैलाई अनुशासित शर्तक र बढी जवाफदेही बनाउनु पर्छ । आत्म अनुसाशन झन ठूलो कुरा हो । यसको पालना गर्न नसक्दा अराजकता पैदा हुने संभाबना रहिरहन्छ । त्यसकारण आचारसंहिताका निश्चित बिषयहरुको किटानी गर्न जरुरी छ ।

हाम्रो आचारसंहतिाः
जनप्रतिनिधि साथीहरु हामी पार्टी र जनताले बिश्वास गरिएका जनताका जनप्रतिनिधि हौ । पार्टीको अनुशासनमा बाँधिएर जनताको आकांक्षामा डोरिएर कर्तव्य निर्वाह गर्ने हाम्रो दायित्व हो । यसलाई यसरी सुद्धुकरण गर्न सकिन्छ–आफूलाई यस्तो पुस्तक सम्झ जसलाई जनताले सजिलै र सोझै अध्ययन गर्न सक्छन र आफूले रोजेको पार्टीको चरित्र बुझ्न सक्छन ।

आफूलाई यस्तो ठाउँमा उभिएको पहरेदार सम्झ जसलाई सबै अधिकार छ । आफुलाई यस्तो पात्र सम्झ जसलाई सबै अधिकार छ । तर विश्वसघात गर्ने खधिकार छैन् । आफूलाई यस्तो व्यक्ति सम्झ जसको उदेश्य जनता जनता र जनता मात्रै छ । आफूलाई यस्तो पात्र सम्झ जसको सम्पत्ति मात्र निष्ठा र इमान्दारीता हुनेछ । अनि जसको पहिलो र अन्तिम वाक्य हुनेछ म होइन हामी ।

प्रतिक्रिया दिनुहोस्