कालोबजारी गर्नेलाई ठाउँको ठाउँ कारवाही गर्ने जिप्रका रामेछापको निणर्य



१३ वैशाक, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले लकडानउको मौका छोपेर बालोबजारी गरे पक्राउ गरेर ठाउँको ठाउँ कारवाही गर्ने निर्णय गरेको छ । एक महिनादेखि लकडाउन भइरहदा पनि निर्वाध रुपमा अत्यावश्यक सामाग्री ढुवानी भइरहेको बताउदै अवस्थामा लकडानको कारण देखाई मुल्यबृद्धि गरी कालोबजारी गर्नेमाथि कारवाही गर्ने चेतावनी दिएको हो ।

 

खाद्यन्न लुकाउने, आपूर्तिमा अवरोध गर्नेजस्ता अवान्छित क्रियाकलापहरु भए गरेको पाइएमा तत्काल कारवाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख रुद्रादेवी शर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । जिप्रका रामेछापले कालोबजारी भए गरेको पाइएमा तत्काल सुनुवाई गर्न सयन्त्रण समिति गठन गर्दै पदाधिकारीहरुको मोबाइल नम्बर पनि रामेछापवासीलाई जानकारी गराएको छ ।

यी हुन सम्पर्क नम्बरः 
कोलोबजारी गरेको थाहा पाएमा जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिृकत रामप्रसाद भट्टराईको सम्पर्क नम्बर ९८४१३११०२, घरेलु तथा सना उद्योग विकास कार्यालय रामेछापका कार्यालय प्रमुख मेघ प्रसाद गौतमको सम्पर्क नम्बर ९८५४०५५४५५, उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष केशव प्रसाद घिमिरेको सम्पर्क नम्बर ९८५४०४००५२ र उपभोक्ता सहित संरक्षण मन्त्त रामेछापका सचिव दिपक कार्कीको सम्पर्क नम्बर ९८४४२५८८७६ मा सम्पर्क गरेर खबर गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्