अपडेटः तामाकोसी नदीमा वेपत्ता युवक मृतक भेटिए यसरी गरियो उद्धार (भिडियोसहित)



१३ वैशाक, रामेछाप ।
तामाकोशी नदीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपक्ता भएका युवक मृत अवस्थामा फेला परेका छन । मन्थली एयरपोर्ट नजिकै पौडी खेल्दा बेपत्ता भएका रामेछापको मन्थली नगरपालिका–२ टेकनपुर घरभै हाल मन्थली नगरपालिका १ बसपार्कमा बस्दै आएका १८ बर्षिय सुमन रम्तेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त सापकोटाले वेपत्ता हुनासाथ उद्धार कार्य अगाडि बढाएपनि बचाउन नसकिएको बताउनुभयो ।
स्थानीय साेनु रोका क्षेत्रीले वेपत्ता भए लगत्तै शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासिन्दाले निकै कोशिस गरेपनि रम्तेललाई बचाउन नसकिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्