लकडाउनलाई निरन्तरता दिनुपर्ने समितिको निष्कर्षः मन्त्रीपरिषद् बैठकले भोली निर्णय गर्ने



१३ वैशाक, काठमाडौं ।
विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले नेपालभित्र फैलिन नदिन एक महिना अघि लकडाउनको घोषणा गरेको थियो । पटक पटक गरी थपिदै आएको लकडाउनको अवधि अझै थपिने भएको छ । उच्चस्तरीय समन्वय समितिले लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ ।

यसबारे औपचारिक निर्णय भने भोली बस्ने मन्त्रिपरिषद्ले बैठकले गर्ने समिति संयोजक ईश्वर पोखरेलले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वैशाखपछि लकडाउन के गर्ने भन्ने विषयमा प्रस्ताव ल्याउन निर्देशन दिएपछि उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । शनिबार सिंहदरबारमा बसेको बैठकले लकडाउनलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले पनि लकडाउनकै कारण संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको समन्वय समितिको निष्कर्ष निकालेको बताउुभयो । उहाँले उदयपुरको एउटा घटनाबाहेक अन्यत्र संक्रमित कम रहेको भन्दै बताउदै छिमेकी मुलुकहरूको अवस्थालाई हेरेर जानुपर्नेमा जोड दिनुभयो । हालसम्म नेपालमा ४९ जना कोरोना भाइरसको संक्रमित भेटिएका छन् । जस मध्ये २० जना १० संक्रमित स्वास्थ्य भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्